• २०८३ साउन ६
  • 2026 July 22, Wednesday
रूस-युक्रेन युद्ध

दक्षिणी युक्रेन कब्जा गरेपछि किन अड्किए रुसी सेना ?

काठमाडाैं । रुसी सेनाले करिब एक वर्षअघि युक्रेनमा आक्रमण गरेको थियो । यो युद्धमा रुसी सैनिकले दक्षिणी युक्रेनमा सबैभन्दा ठूलो सफलता पायाे ।

केही दिनभित्रै रुसी सेनाले क्रिमियाभन्दा अगाडि युक्रेनभित्र स्विट्जरल्याण्ड जत्तिकै ठूलो भूभागमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो ।

सुरुका दिनहरूमा युक्रेनको दक्षिणी भागमा के गल्ती भयो भन्ने बारे युक्रेनका अधिकारीहरूसँग कुनै जवाफ छैन ।

यसबारे जानकारी लिनका लागि बीबीसीले सैन्य अधिकारी, राजनीतिज्ञ र सामाजिक कार्यकर्ताहरूसँग कुरा गरेको छ ।

फेब्रुअरी २२, २०२२ मा, साँझ ७ बजेर १५ मिनेटमा युक्रेनको रक्षा परिषद्का सचिव ओलेक्सी डानिलोभले रातो फोल्डरमा केही गाेपनीय कागजात फेला पारे ।

कागजात अनुसार, युक्रेनका राष्ट्रपतिको जीवनमा गम्भीर खतरा थियो ।

तुरुन्तै, ड्यानिलोभले सैन्य सेवाका प्रमुख, गृहमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भेलाेडिमिर जेलेन्स्कीलाई सम्पर्क गरे ।

तर युक्रेनको नेतृत्व आपतकाल जस्तो मार्शल ल लागू गर्न तयार थिएन । सैनिकको मुठभेडमा कुनै परिवर्तन ल्याइएकाे थिएन ।

कसरी रूसी सेनाले यति छिटो सफलता प्राप्त गर्न सफल भयाे ?

तत्कालीन समयमा केही साताअघि मात्रै युक्रेनी अधिकारीहरूले रुसी आक्रमणबारे पश्चिमी देशहरूबाट गुप्तचर जानकारी पाएका थिए तर कुनै आक्रमण भएन । त्यसैले यो पनि दबाब रणनीतिको हिस्सा हुनसक्ने अनुमान युक्रेनी सेनाकाे थियो ।

त्यतिबेला, युक्रेनको नेतृत्वले शान्त रहने निर्णय लिएकाे थियाे ।

ड्यानिलोभ भन्छन्, ‘युक्रेन सरकारसँग रुसी आक्रमणको विस्तृत जानकारी थियो । हामीलाई आक्रमणको मिति पनि थाहा थियो ।’

‘हामीलाई थाहा थियो कि फेब्रुअरी २२ मा आक्रमण हुनेछ,’ उनले किभ क्षेत्रको गोप्य नक्सालाई औँल्याउँदै भने ।

रुसी कमाण्डरबाट प्राप्त गुप्तचर जानकारी अनुसार रुसले दुई दिनअघि आक्रमण गर्ने योजना बनाएको पनि उनीहरुको दाबी छ ।

ड्यानिलोभले भने, ‘हाम्रो लक्ष्य देशमा कुनै पनि प्रकारको अराजकता रोक्नु थियो । त्यसैले यसलाई गोप्य राख्नु आवश्यक थियो ।’

यदि युक्रेनी अधिकारीहरूलाई मस्कोको योजनाको बारेमा यति धेरै थाहा थियो भने, कसरी रुसी सेनाले दक्षिणमा खेरसोन क्षेत्र पार गर्‍याे ?

वास्तवमा, एउटा साँघुरो रेखाले क्रिमिया प्रायद्वीपलाई युक्रेनको मुख्य भूमिबाट अलग गर्दछ । यी रूसी सैनिकहरूको लागि प्राकृतिक बाधाहरू थिए । यसबाहेक खेरसोन क्षेत्रमा ठूलो संख्यामा सिँचाइ नहरहरू पनि थिए ।

रुसी सेनालाई रोक्न युक्रेनी सेनाले त्यस क्षेत्रमा रहेका सबै पुलहरू ध्वस्त पार्नु आवश्यक थियो । तर यस्तो हुन सकेन ।

ड्यानिलोभ भन्छन्, ‘अधिकारीहरूले हाल यसबारे अनुसन्धान गरिरहेका छन् र यो प्रक्रिया पूरा नभएसम्म उनीहरूले कुनै जवाफ दिन सक्दैनन् ।’ उनी थप्छन्, ‘तर हामीले यो तथ्य लुकाइरहेका छैनौँ, कुनै दराजमा राखेका छैनौँ ।’

रुसी लडाकू विमानहरूको भीषण बमबारी

युक्रेनी सैन्य अधिकारीले आक्रमणपछि क्रिमिया र खेरसोन जोड्ने चोन्हार पुल भत्काउनु पर्ने पुष्टि गरेका छन् ।

तर, रुसी सेनासँग युक्रेनभन्दा १५ गुणा बढी सैन्य शक्ति भएकाले विस्फोटक पदार्थ निष्क्रिय पारिएको दाबीलाई उनले अस्वीकार गरे ।

यो स्पष्ट थियो, युक्रेनी सेना यस किसिमकाे परिदृश्यका लागि तयार भएका थिएनन् । जसमा रूसी सेनाहरु सहजरुपमा दक्षिणी खेरसन क्षेत्रमा प्रवेश गरे । फलस्वरूप, उनले यो क्षेत्रबाट सुरुदेखि नै पछि हट्नुपर्‍यो ।

‘हाम्रा सैन्य गाडीहरू र सेनाहरूलाई खेरसन शहर नजिकैको एन्टोनिभ्स्की पुल पार गर्न दुई घण्टा लाग्यो जब हामी पछि हट्यौँ,’ डिनिप्रो नदीमाथिको पुलको जिम्मेवारीमा रहेका वरिष्ठ लेफ्टिनेन्ट इभजेनी पाल्चेन्कोले भने ।

यसले युक्रेनले क्रिमिया नजिकै ठूलो संख्यामा सेना केन्द्रित गरेको संकेत गर्छ । लेफ्टिनेन्ट पाल्चेन्को बताउँछन्, ‘लडाकू विमानहरूको आक्रमणबाट हामीसँग कुनै प्रतिरक्षा थिएन । यस्तो अवस्थामा हामीले उनीहरूको आक्रमणलाई कसरी नियन्त्रण गर्न सक्छौँ ?’

‘तिनीहरूका लडाकुहरूले धेरै बमहरू उडाए र खसाले, जसले सबै चीज नष्ट गर्‍यो । हाम्रा धेरै सैनिकहरू मारिए र उपकरणहरू पनि नष्ट भयो’ उनले भने ।

युक्रेनी सेनाकाे योजना

जुन गतिमा रुसी सेनाले यो सब गरे, युक्रेनी सेना उनीहरुको अगाडि पराजित भए। रुसी सेनाको रणनीति ठूला सहरहरूलाई घेर्नु, कब्जा गर्नु र अगाडि बढ्नु थियो ।

‘उनीहरूले दुई दिनमा माइकोलाइभ र तीन दिनमा ओडेसा कब्जा गर्ने योजना बनाए । तर रूसी योजना असफल भयो’, युक्रेनी सेनाबाट माइकोलाइभको रक्षा गर्न पठाइएका मेजर जनरल दिमित्री मार्चेन्को भन्छन् ।

जनरल मार्चेन्को माइकोलाइभ आइपुग्दा युक्रेनी सेनासँग शहरको रक्षा गर्ने कुनै योजना थिएन । उनले भने, ‘जब मैले डिफेन्स प्लान कहाँ छ भनेर सोध्दा मलाई त्यो अहिलेसम्म बन्न नसकेको बताए ।’

यसपछि मार्चेन्कोले सडक नक्सा लिएर चार भागमा विभाजन गरी प्रत्येक भागको जिम्मेवारी अधिकारीलाई दिए ।

यसपछि सर्वसाधारणलाई सेनामा भर्ना हुन अपील गरियो । हजारौँलाई सेनामा सामेल गरियो । यसमा पहिले सेनामा काम गरेका युवाहरू पनि थिए ।

तिनीहरूले रुसी ट्याङ्कहरूको सामना गर्न ग्रेनेड लन्चरहरू राखे र विभिन्न ठाउँहरूमा रूसी ट्याङ्कहरूको आगमनको चेतावनी पोस्टहरू राखे ।

सांसद रोमन कोस्टेन्कोको नेतृत्वमा विशेष टोली गठन गरी नहरमा रहेका पुल भत्काइएको थियो ।

लेफ्टिनेन्ट पाल्चेन्को र उनको बटालियन रूसी ट्याङ्कहरू रोक्न त्यहाँ उपस्थित थिए ।

लेफ्टिनेन्ट पाल्चेन्को बताउँछन्, ‘मेरो ट्याङ्कले केही आक्रमणहरू सामना गर्‍यो र त्यसपछि मेरो ट्याङ्कको प्रणाली डाउन भयो । हामीले दोस्रो विश्वयुद्धको समयमा टी-३४ ट्याङ्कहरूमा जस्तै सबै कुरा हातैले गर्नुपर्थ्यो ।’

रूसी सेना बलियो र आक्रामक थियो, त्यसैले लेफ्टिनेन्ट पल्चेन्को र उनको बटालियन पुलबाट पछि हट्नु पर्‍यो । तर त्यो रात उनी धेरै पटक पुलमा गए । ट्याङ्क र युक्रेनी प्याराट्रूपर्सले रुसी सेनालाई पुल पार गर्नबाट रोक्नु पर्ने थियाे ।

उनी त्यतिबेला आम मानिसहरुले गरेकाे साथकाे पनि स्मरण गरिरहेका छन् ।

–अन्ना तासायाकाे रिपाेर्टकाे साथमा अब्दुजलील अब्दुरासुलाेवले बीबीसी हिन्दीमा प्रकाशित गरेकाे समाचारकाे सम्पादित अंश