
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका विधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् ।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखाैँ युवाहरु नागरिकता विहीन हुनपुगेको उनको भनाइ छ ।
राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए ।
अरु पार्टीहरुको विभिन्न कारणहरु रहे पनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको उनकाे भनाइ छ ।