सबै सरकारी वेबसाइट अब एउटै स्वरुपमा, प्रणाली आजदेखि सञ्चालनमा

काठमाडौं । अब सबै सरकारी निकायका वेबसाइटहरु एकै स्वरुपमा देखिने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याएको छ ।

जसको शुभारम्भ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन् ।

मन्त्रालयका अनुसार यस प्रणालीको प्रयोग गरी विकास गरिएका मन्त्रालय मातहतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको छ ।

यो प्रणालीको प्रयोग गरी सरकारी निकायले सूचना प्रविधिमा दक्ष जनशक्ति नहुँदा समेत उपलब्ध जनशक्तिकै माध्यमबाट आफ्नो निकायको वेबसाइट सहजै, निःशुल्क र सुरक्षित रुपमा विकास गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

अब निकायगत रुपमा वेबसाइट विकास, अध्यावधि र सपोर्टका लागि वर्षेनी हुने खचर्ए समेत बच्ने मन्त्रालयको भनाइ छ । सरकारी निकायले आफ्नो कार्यालयसँग सम्बन्धित सूचना तथा जानकराी सरल र सहज रुपमा प्रकाशनमा ल्याउन सक्ने भएका छन् ।

नयाँ वेबसाइट अब अपाङ्गता मैत्री बन्ने भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरुको व्यापक अध्ययन र अनुसन्धानपछि योे प्रणाली विकास गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१