राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियाे

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टीमात्रै राखेको हो ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टीमात्रै चुनाव चिह्न राखेको छ ।

रास्वपाका सांसद सन्तोष परियारले चुनाव चिन्ह फेरिएको पुष्टि गरे । उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१