
काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा केहीबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।
तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेले स्थान बनाएका छन् ।
२९ खेलमा १३ जित १४ हारको नतिजासहित २८ अंक जोडेर छैठौं स्थानमा रहेको नेपालले आजको खेलमा जित निकाले ३० अंकसहित पाँचौं स्थानमा उक्लिनेछ ।
एकदिवसिय मान्यता जोगाउन ४ र विश्वकप छनोट खेल्न नेपालले बाँकी सात मध्यका ६ खेल जित्नुपर्नेछ ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने रहेका छन् ।