• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आजबाट रिलिज हुँदै

काठमाडौं । आज रिलिज हुने बहुप्रतिक्षित दुई नेपाली सिनेमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ प्रति दर्शकहरुको चाँसो अत्याधिक छ । सफल नायकहरुको यी चलचित्रमा को बढि सफल होला भन्ने चर्चा चलिरहेको छ ।

फरक स्वादका यी दुई चलचित्रमा विशेष प्रतिस्पर्धामा हेरिएका छक्का पञ्जा ४ का नायक दीपकराज गिरी र छड्के २ का नायक अनमोल केसी हुन् । बाहिर प्रतिस्पर्धाको चुलि चुलिएको आम दर्शकको बुझाई छ तर अनमोल र दीपकराजले भने दुवै फिल्म सफलताको शुभकामना दिइसकेका छन् ।

छक्का पञ्जा ४ कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र हो । उनीहरुले निर्माण गरेका चलचित्र सबै सफलनै छन् ।

अर्कोतर्फ छड्के २ आठ वर्षअघि प्रदर्शनमा आएको ‘छड्के’ को पार्ट २ हो । यो चलचित्र पनि सफल नै हो ।

छक्का पञ्जालाई मनोज राठीले अढाई करोडमा र छड्केलाई सुनिल मानन्धरले डेढ करोडमा खरिद गरेको बताइन्छ । त्यसैले यी दुवै चलचित्रमा वितरकहरूको आफ्नो लडाइँ छ । क्यूएफएक्स चेनले ६०४० को अनुपातमा छक्कापञ्जा र छड्केलाई प्रारम्भिक शो दिएको छ ।