• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुन–चाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुन प्रतितोला १ सय रूपैयाँले घटेको छ। बिहीबार १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ।

बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ।