
काठमाडौं । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको छ ।उनी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइसमेत हुन् ।
उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेका थिए । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो ।
त्यहाँबाट अन्नपूर्ण न्यूराे अस्पताल लगिएको थियाे । उनकाे उचारकाे क्रममा निधन भएकाे हाे । उपाध्याय नेकपा एकीकृत समाजवादीका इन्जिनियर विभागका प्रमुख पनि हुन् ।