
काठमाडौं । सिद्धार्थ अन्नदद्वारा निर्देशित फिल्म पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड राखेको छ ।
शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ यतिबेला भारतमा सबैभन्दा बढी कमाउने फिल्म बनेको हाे ।
फिल्म ‘पठान’ले रिलिजको ३८ औँ दिनमा हिन्दी बक्स अफिसमा सर्वाधिक कमाइ गरेको छ। अहिलेसम्म यो रेकर्ड दक्षिण भातीय फिल्म ‘बाहुबली २’ को नाममा थियो ।
बाहुबलीले हिन्दी बक्स अफिसमा ५१०.९९ करोड कमाएर सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो।
शाहरुख खानको फिल्मले करिब ६ वर्ष पुरानो प्रभासको फिल्म ‘बाहुबली २’ को कीर्तिमान तोडेकाे छ । पठानले अहिलेसम्म भारतीय बक्स अफिसमा ५११.७० करोड कमाइ गर्न सफल भएको छ ।