यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १३१.४५ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले आजको विदेशी विनिमयदरको दरभाउ तोक्दै अमेरिकी डलरको बिक्री र खरिद मूल्य तय गरेको हो ।

यस्तै, आज एक युरोको बिक्री मूल्य १३९.७८ रुपैयाँ र खरिद मूल्य १३९.१५ रुपैयाँ छ भने बेलायती पाउण्डको बिक्री मूल्य १५८.९२९ रुपैयाँ र खरिदमूल्य १५७.५६ रुपैयाँ कायम छ । १ स्वीस फ्र्यांकको बिक्रीमूल्य १४०.४४ रुपैयाँ रहँदा खरिदमूल्य १३९.८० रुपैयाँ कायम छ ।

एक अष्ट्रेलियन डलरको बिक्रीदर ८८.९८ रुपैयाँ र खरिददर ८८.५७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९७.७९ रुपैयाँ र खरिददर ९७.३४ रुपैयाँ छ ।

यस्तै, १० जापानी येनको बिक्रीदर ९.६७ रुपैयाँ र खरिददर ९.६३ रुपैयाँ कायम छ भने चिनियाँ युआनको बिक्रीदर १९.०३ र खरिददर १८.९४ रुपैयाँ छ । साउदी रियालको बिक्रीदर ३५.०२ र खरिददर ३४.८६ रुपैयाँ छ, भने कतारी रियालको बिक्रीदर ३५.८९ रुपैयाँ र खरिददर ३५.७२ रुपैयाँ छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स यूएईको दिरामको बिक्रीदर ३५.७९ रुपैयाँ र खरिददर ३५.६२ रुपैयाँ छ भने कोरियन १०० वनको बिक्रीदर १०.१४ रुपैयाँ र खरिददर १०.१० रुपैयाँ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१