सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा आचार्य निर्वाचित

बुटवल । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहि, भैरहवाको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा नेत्र प्रसाद आचार्य निर्वाचित भएका छन् ।

फागुन १९ र २० गते भएको सघंको ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा भएको निर्वाचनबाट पुर्व वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ पुर्व महासचिव बिजय पाण्डेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

आइतबार सार्वजनिक मतपरिणाम अनुसार २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जना मतदाताले निर्वाचन प्रकृयामा भाग लिएका थिए । जसमध्ये श्रेष्ठले १ हजार १०७ मत पाउँदा उनका प्रतिद्वन्द्वी पाण्डेले ६ सय ८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद गौडेलले जानकारी दिए ।

निर्वाचित अध्यक्ष श्रेष्ठले उद्योगी ब्यवसायीका समस्या समाधान गर्न आफ्नो कार्यकालमा अधिकतम् प्रयास गर्ने जनाएका छन् ।

प्रमुख निर्वाचन अधिकृत गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य १ हजार २५५ मत ल्याई निर्वाचित भएका छन् भने उनको प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली १ हजार १२३ मत ल्याउदै निर्वाचित भएका छन् भने प्रतिस्पर्धी रविकुमार श्रेष्ठले ६४३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष (उद्याेग) मा दिलिपकुमार कान्दु ८९४ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत प्राप्त गरे । महासचिवमा कृष्णप्रसाद घिमिरे ९६१ मत ल्याइ निर्वाचित हुँदा गोपाल भण्डारीले ८०४ मत प्राप्त गरे । कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८७७ मत ल्याइ निर्वाचित भए भने गौरब श्रेष्ठले ५१८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत ल्याए ।

सचिवमा मंगल भण्डारी ९९२ मत ल्याइ निर्वाचित हुँदा धर्मवीर शर्माले ७७९ मत पाए ।

उद्योगतर्फ खुल्ला सदस्यहरुमा ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ निर्वाचित भएका छन् ।

त्यसैगरी वाणिज्यतर्फ खुल्ला सदस्यमा अर्जुन कार्की (१२१०), प्रमोद रिजाल (१३०१), विशाल जैसवाल (१२८३), कृष्ण प्रसाद अधिकारी (१२७६), वीरेन्द्र ज्ञवाली (१०७५), दिनेशमान अमात्य (१२४६), अभिनवमयुर कसौधन (१२७१), धर्मराज आचार्य (१३७८), मिना पन्थी (१४२८) र विजय अधिकारी (१३०७) मत ल्याई निर्वाचित छन् ।

संघको कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा संजयकुमार बेरिवाल, कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गौडेलले बताए ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित आचार्य २०६१ मा सिद्धार्थ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । उनी पहिलो पटक २०६४ सालमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि तीन कार्यकाल निरन्तर कार्यसमिति सदस्यमा बसेर काम गरेका थिए । त्यसपछि एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव, एक कार्यकाल उपाध्यक्ष पदमा निर्वाचित भएर काम गरेका थिए ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित आचर्यले आफू सस्थामा क्रमैसँग बसेर काम गरिरहेको र बिगतमा गरेको कामको अनुभवका आधारमा उद्योगी व्यवसायिहरुको हक, हित र अधिकारको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सस्थागत बिकास, उद्योगी, व्यवसायिको हितका लागि निरन्तर रुपमा काम गर्दै आएका व्यवसायी आचार्य भैरहवाका प्रतिष्ठित गल्ला व्यापारी हुन् । आचार्य व्यवसायका साथसाथै विभिन्न सामाजिक संघसस्थामा समेत आबद्ध छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१