सुन–चाँदीको मूल्य घट्यो,कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले घटेको छ ।

आइतबार १ लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख २ हजार ५ सय रूपैयाँले कारोबार भएको छ ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ ।

आइतबार एक हजार दुई सय ७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार दुई सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१