आफू जाेडिएकाे घटनासँग सम्बन्धित कसैलाई पनि गाली र नराम्रो व्यवहार नगर्न पल शाहकाे आग्रह

काठमाडाैं । नाबालिग बलात्कार प्रकरणमा अदालतबाट सफाइ पाएका अभिनेता पल शाहले एक वर्षको कारागार जीवनलाई सिकाइको उर्वर सयमको रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

परिवारसँग होली मनाएकाे तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले मनमा कसैप्रति रिस र प्रतिशोधको भावना नरहेको पनि उल्लेख गरेका छन् ।

आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पूरा गर्ने एउटै लक्ष्यका साथ अगाडि बढ्ने उनकाे भनाइ छ ।

शाहले आफूसँग जोडिएको घटनासँग सम्बन्धित कसैलाई पनि गालीगलौज र नराम्रो व्यवहार नगर्न पनि आग्रह गरेका छन् ।

उनले भनेका छन् ‘मेरो बितेको एक वर्षको त्यो घटनासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरूमा मेरो सदा सम्मान र सद्भाव । र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गालीगलौज र नराम्रो व्यवहार नगरिदिनुहोला । उहाँहरूसँग फेरि सहकार्य गर्ने वातावरण मिलोस् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१