‘छक्का पन्जा ४’ को ‘सिरूपाते जुंगामा’ गीत सार्वजनिक

काठमाडाैं । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्का पन्जा ४’ को दोस्रो गीत सार्वजनिक भएको छ ।

मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘सिरूपाते जुंगामा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

बाबुल गिरीको स्वर रहेको गीतमा शंकर अधिकारीको शब्द रहेको छ भने संगीत, संगीत संयोजन तथा मिसिङ बाबुल गिरीकाे छ ।

गीतको भिडिओमा दीपकराज गिरी र बेनिशा हमाललाई देख्न सकिन्छ।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक र बेनिशासँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।

हेर्नुहाेस् भिडिओ :

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१