
काठमाडाैं । नेपाली कांग्रेसले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकाे प्रबन्धबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले ५२ देखि ६२ साल सम्मका द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
उनले फौजदारी न्यायको सामान्य प्रक्रियाबाट नभइ संक्रमणकालीन न्यायकै प्रबन्धबाट द्वन्द्वकालीन मुद्दा हल गर्नुपर्ने धारणा राखे ।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जित गरेर विधेयकका रुपमा तत्काल संसदमा पेश गरेर कानून बनाउनुपर्ने र कानून अनुसार आयोग गठन गरेर सबै कामलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
लेखकले द्वन्द्वका बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने विषय सर्वोच्चलाई राम्रोसँग जानकारी भएको बताए ।