चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

काठमाडौं । चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको बिहीबार बिहान नयाँ दिल्लीमा निधन भएको छ । उनले ६६ वर्षको उमेरमा उनको निधन भएको हो । अनुपम खेरले बिहान ट्वीट गर्दै उनकाे मृत्युबारे जानकारी दिएका छन् ।

अनुपमले लेखेका छन्, ‘सतीश, तिमी बिनाको जीवन उस्तै हुनेछैन ।’  खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् ।

यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन । कौशिकको पोस्टमार्टम दिल्लीको दीनदयाल अस्पतालमा हुनेछ।

बिहीबार बिहान ५ः३० बजे निधन भएपछि उनलाई अस्पताल ल्याइएको थियो । हाल उनको शव अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टमपछि उनको शव मुम्बई लगिनेछ ।

सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् (१९९०) मा रामलखन  र सन् (१९९७) मा साजन चले ससुराल फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले हम आपके दिलमे रहेते है(१९९९), तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

कौशिकका परिवारमा पत्नी र एक छोरी रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१