नवगठित जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै

काठमाडाैं । नवगठित नेपाली जनसम्पर्क समिति जापान केन्द्रीय कार्यसमितिको प्रथम विस्तारित बैठक यही मार्च ११ तारिख शनिबारको दिन बस्ने भएको छ ।

जापानमा लामो राजनीतिक इतिहास बोकेको सबैभन्दा पुरानो नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको पछिल्लो समय लगातार सात वर्षसम्म नियमित अधिवेशनमार्फत् नेतृत्व हस्तान्तरण हुन सकेकाे थिएन ।

जनसम्पर्क समिति जापानका युवा नेताहरूको अगुवाइमा गत महिना जापानको फुकुओका शहरमा बृहत् कार्यकर्ता भेलामार्फत् डिका कार्कीको नेतृत्वमा ३१ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको थियो ।

पहिलो बैठकका निर्णयहरु बैठक पश्चात् पत्रकार सम्मेलन गरेर जानकारी गराउने उपसभापति अर्जुन सुवेदीले हुलाक सञ्चारलाई जानकारी दिए ।

लामो समयसम्म जापानमा काँग्रेसको विचारमा आस्था राख्ने प्रजातन्त्र प्रेमी कांग्रेसीहरुले सदस्यता नपाइरहेको परिप्रेक्ष्यमा पहिलो निर्णयपश्चात् जापानका सबै क्षेत्रहरुमा बृहत् सदस्यता वितरण अभियान चलाइने बताइएकाे छ ।

यसैगरी, विभिन्न विभागीय समितिहरु गठन गर्ने, बाँकी रहेका क्षेत्रीय अधिवेशनसँगै क्षेत्रीय कमिटीहरुसँग हातेमालो गर्ने, संस्थाको आर्थिक पक्षलाई सुदृढ बनाउँदै आगामी यात्रा, योजना र कार्यक्रमको लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसँग समन्वय गर्दै रणनीति बनाउने र अगाडी बड्ने विषयमा पनि बैठकमा छलफल एवं समीक्षा गरेर निर्णय गरिने सुवेदीले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१