सुनको मूल्यमा वृद्धि, तोलामा कति पुग्यो ?

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोेलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी शुक्रबार चाँदी तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१