दैनिक एक करोड हाराहारीमा ‘छक्कापञ्जा ४’ काे कमाइ

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । १४० हलमा प्रदर्शन भइरहेको फिल्म गत शुक्रबार रिलिज भएको थियो ।

फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् ।

निर्माता तथा अभिनेता गिरीले टिकट नपाइएको गुनासाेसहित साे थप्नुपर्ने मागसहितका फोन आइरहेका बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१