
काठमाडौं । नेपाली फिल्मका तीन अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र आँचल शर्मा पहिलो पटक एकै फिल्ममा देखिने भएका छन् ।
रेखा स्वयंले निर्माण गर्न लागेको फिल्ममा उनीहरुले एकसाथ अभिनय गर्न लागेका हुन् । ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा उनीहरू एकसाथ देखिन लागेका हुन् । फिल्मको नाम भने अहिलेसम्म तय भएको छैन ।
‘यो फिल्म चार युवतीको केन्द्रमा रहने छ। रेखा, पूजा र आँचलसहित अर्की एक अभिनेत्रीको मुख्य भूमिका रहने छ,’ निर्देशक देउजाले भने । रेखा फिल्म्सले निर्माण गर्न लागेको फिल्म सामाजिक विषयवस्तुमा आधारित हुनेछ ।
यो फिल्मको छायांकन वैशाखको पहिलो साताबाट सुरू हुने बताइएकाे छ ।