• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउन माग

दार्चुला । चीनसँग सीमा जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउन व्याँस गाउँपालिकाले माग गरेकाे छ ।

सदियौंदेखि चीनको ताक्लाकोट सम्म व्यापार व्यवसाय हुँदै आएकोमा टिंकर नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएकाले गाउँपालिकाले नाका खोल्न आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएको ज्ञापन पत्रमा कोरोना महामारीदेखि बन्द भएको नाका सञ्चालनका लागि आग्रह गरिएको हाे ।

यो नाका सञ्चालन नहुँदा स्थानीयहरुको जिविकोपार्जनमासमेत समस्या परिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए । नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष कुँवरले बताए ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा दार्चुला –टिंकर सडकखण्ड निर्माण कार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने जोड दिइएको छ । सो सडकखण्ड सञ्चालनका लागि पार्याप्त बजेट छुट्याउनका लागि आग्रह पनि गरिएको छ ।