चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला र रेजिना उप्रेतीको उम्मेदवारी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला र रेजिना उप्रेतीले शनिबार उम्मेदवारी दिएका छन् । संघले यही आउँदो ४ चैतमा हुने निर्वाचनबाट नयाँ कार्यसमिति तीन वर्षको लागि चयन गर्न लागेको हो ।

यी दुवै जना अध्यक्षका उम्मेदवार हाल संघमा उपाध्यक्षका रुपमा रहेका छन् । आफूले राम्रो काम गर्दै आएको दाबी सहित दुवैले अध्यक्षको पदमा उम्मेदवारी दिएका हुन् ।

शनिबार नै सबै पदका लागि उम्मेदवार परेको थियो । सात जनाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । जसमा धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

महासचिवमा पाँच जनाको उम्मेदवारी परेको छ । सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा विनोदकुमार भट्टराई र सुनिल कटुवालले उम्मेदवारी दिएका छन् भने सहकोषाध्यक्षमा रोहित रुम्बा र पवित्रा आचार्यले उम्मेदवारी पेस गरेका छन् ।

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१