लगातार बढ्दै सुनचाँदीको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१