आरआरको गीत ‘नाटु-नाटु’ले जित्यो ओस्कार अवार्ड, अन्य कुन-कुन विधामा कसले मारे बाजी ?

काठमाडौं । चर्चित भारतीय चलचित्र आरआरआरको गीत ‘नाटु-नाटु’ले अस्कार अवार्ड जितेको छ ।

उक्त गीत ‘बेस्ट ओरिजनल सङ्स’ टाइटलमा अस्कार अवार्ड हात पारेको हो ।

एसएस राजामौलीको फिल्म आरआरआरको नाटु-नाटु भारतीय प्रोडक्सनमा बनेको पहिलो गीत हो जसले अस्कार अवार्ड प्राप्त गर्‍यो ।

नाटु-नाटु गीतमा अस्कारको मञ्चमा पफर्मस पनि गरिएको थियो, जसलाई दर्शकले धेरै मन पराएका थिए ।

आरआरआरको यस गीतमा राम चरण र जुनियर एनटिआर अभिनित छन् । गीतसहित उनीहरूको नृत्यको पनि उस्तै प्रशंसा भइरहेको छ ।

ओस्कार विजेता

अन्तराष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री : मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)

साउन्ड : टप गन : मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार, द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१