
काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’ जेठ ५ गते रिलिज हुने भएको छ । निर्माताले सोमबार टिजर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् ।
बदलाको कथावस्तुमा आधारित यो फिल्मलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । डेब्यु अभिनेता रमेश बानियाँ, सुशील पोखरेल, विमला गिरी, जयनन्द लामा र सुवास साहको समेत अभिनय छ । यो फिल्मलाई जयनन्दको अन्तिम फिल्म समेत भनिएको छ ।
फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । फिल्म इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो । यसलाई देशव्यापी आरआर फिल्म्सले वितरण गर्नेछ ।