
काठमाडौं । नायिका वर्षा शिवाकोटीको विवाह १० महिनामै टुटेको छ । गत वैशाखमा अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी वर्षाको विवाह टुटेको पुष्टि भएको छ ।
सोमबार आशिषको एक आफन्तको फेसबुकमा उनले अर्कै युवतीसँग विवाह गरेको तस्विर र भिडियो बाहिरिएपछि वर्षाको विवाह टुटेको पुष्टि भएको हो ।
सोमबार बाजा बजाएर आशिषले समीक्षासँग विवाह गरेको तस्विर र भिडियो फेला पारेकाले नायिका वर्षा शिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको पुष्टि गरिन् ।
वर्षाले सामाजिक सञ्जालमा गत वैशाखमा गेलालसँग विवाह भएको सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जिन्दगीको सुरुआत गरेका छौ । तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद ।
यसैगरी वर्षाले इन्स्टाग्रामबाट विवाहको फोटो डिलिट गरेकी छिन् ।