
काठमाडौं । ‘फूलबारी’ ले २४ दिनमा साढे चार करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । ‘छक्कापञ्जा ४’ले दोस्रो सातामा पनि सुखद् कमाइ गरिरहँदा यसको फाइदा ‘फूलबारी’लाई मिलेको छ ।
व्यापारमा ‘ड्रप’ भइसकेको फूलबारीको कमाइ ‘छक्कापञ्जा ४’ रिलिज भएपछि पुनः उकालो लागेको छ । छक्कापञ्जा ४ हाउसफुल चल्दा मल्टिप्लेक्सले यसलाई कम्तीमा ५ देखि १० शोसम्म दिंदै आइरहेका छन् । बुधबार मध्यान्ह ‘छक्कापञ्जा’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा हुँदा ‘फूलबारी’को ५ देखि १० प्रतिशतमा अकुपेन्सी देखिएको छ । छक्कापञ्जा ४ को ‘ओभरफ्लो’को फाइदा फूलबारीलाई भएको हो ।
विपिन कार्कीको पछिल्लो फिल्म ‘के घर के डेरा’ थियो जसले बक्स अफिसमा आफूलाई सफल तुल्याउन सक्यो । कोरोना महामारीपछि विपिनका दुबै फिल्म बक्स अफिसमा हिट छन् । आगामी चैत २४ मा उनको शीर्ष भूमिका रहेको ‘प्रसाद २’ रिलिज हुँदैछ ।