
काठमाडाैं । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्युआर मा रु १००० बोनस’ अफर लिएर आएको छ ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु १००० को बोनस जित्ने मौका पाउनुहुनेछ ।
यो योजना फागुन १५ गतेदेखि सुरु भएको छ र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन जरुरी छ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।