
काठमाडाैं । नेकपा माओवादी केन्द्रका सचिव डीलाराम आचार्यले दरबार हत्याकाण्ड र दासढुंगा हत्याकाण्डको छानबिन गर्नुपर्ने बताएका छन् ।
हुलाक सञ्चारसँग कुरा गर्दै सचिव आचार्यले शान्ति प्रक्रियालाई संविधानसम्मत ढंगले सम्पन्न गर्नुको सट्टा सर्वोच्च अदालतमार्फत गिजोल्ने प्रयास भए दरवार हत्याकाण्ड, दासढुंगा काण्ड, निर्मला हत्याकाण्ड प्रकरण, सुनिता–नमिता काण्डलगायत चर्चित सबै घटनाको छानबिन गर्नुपर्ने धारणा राखे ।
आचार्य भन्छन, ‘यी घटनाको छानबिन हामी नै गर्छाैँ । यो कसैलाई चेतावनी होइन । सत्य निरुपण तथा मेलमिलाप आयोगबाट शान्ति प्रक्रिया टुंगो लगाउने संवैधानिक व्यवस्था हुँदाहुँदै अदालतमार्फत सुनियोजित ढंगले माओवादीमाथि प्रहार गर्न खा्ेजे यसले पहरो भत्कने छ ।’
दरपीठ भैसकेको रिट सर्वोच्च अदालतका केही न्यायाधीशले दर्ताका लागि आदेश दिनु आश्चार्यजनक भएपनि सर्वोच्चले यो मुद्दा सत्य निरुपणकै जिम्मा लगाउने उनको विश्वास छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि मुद्दा दर्ता भएपछि छिन्नभिन्न भएका माओवादी घटक एउटै मञ्चमा खडा हुनु सुखद् पक्ष भएको आचार्य बताउँछन् । यही घटनाका आधारमा सबै माओवादीबीच पार्टी एकता सम्भव नभए पनि कार्यगत एकता गर्न सकिने उनको धारणा छ ।
शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म कांग्रेससंग सहकार्य जारी राख्ने आचार्यको भनाइ छ । प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिनु कांग्रेससहित गठबन्धनको हितमा रहेको उनी बताउँछन् । उनका अनुसार पूर्वमाओवादीहरु एकजुट हुँदा वा प्रचण्डले समाजकेन्द्र बनाएर जाँदा कांग्रेससँग सम्बन्ध बिग्रने छैन ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बिगतका दुई राष्ट्रपति भन्दा बढी सुझबुझ, परिपक्व र इमान्दार नेता भएकाले विगतमा जस्तो शीतल निवासबाट संविधान उल्लंघनको काम नहुने विश्वास व्यक्त गरे ।
आचार्य भन्छन्, ‘पूर्व राष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारी दुवैले कार्यकारी प्रधानमन्त्रीकोे सिफारिस अस्वीकार गरे । यो संविधानको सरासर उल्लंघन थियो । गणतन्त्र नै खतरामा पर्न सक्ने भन्दै हामीले कारवाही प्रक्रिया अघि नबढाएको हो । विश्वास गरौँ अबका राष्ट्रपतिबाट यो हुनेछैन ।’
विस्तृत भिडिओमा :