• २०८३ जेठ २२
  • 2026 June 05, Friday

यूएईको कमजोर फिल्डिङ, तीन क्याच र दुईवटा रन आउट मिस

काठमाडौं । नेपाल र यूएईबीच किर्तीपुर खेलमैदानमा भएको बिहिबारको क्रिकेटमा नेपालले कमजोर ब्याटिङ गरिरहेको छ ।

३ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ५ विकेट गुमाउँदै ३४.४ ओभरमा २ सय २४ रन बनाएको छ । अहिले आरिफ शेखः ४६ र गुलशन झा २१ रन बनाई खेलिरहेका छन् ।

आजको खेलमा यूएईले तीन वटा क्याच ड्रप गरेको छ भने दुईवटा रन आउट मिस भएका छन् । पछिल्लोपटक गुल्शन झा रनआउटबाट जोगिएका छन् । आयन खानले फ्याकेको थ्रो सटिक भएको भए उनी पेभिलियन फर्किने थिए ।