• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाइयाेस् : ज्ञानेन्द्र शाही (भिडिओसहित)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूले भन्दा कम तलबमा खेलिरहेको बताएका छन् ।

राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए ।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठ अष्ट्रेृलिया पलायन भएको विषय उठाउँदै शाहीले खेलाडीको तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

कुल बजेटको ०.१३ प्रतिशतमात्रै बजेट विनियोजन गरिएको र खेलाडीलाई सांसदका स्वकीय भन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरुका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धी गर्न माग गरेका छन् ।

‘हामी सबै सांसदहरुको स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीहरुको तलबमा बृद्धि गरियोस्,’ उनले भने, ‘रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस् ।’

हेर्नुहाेस् भिडिओ :