
काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने करिब पक्का भएको छ ।
मंसिर ४ को निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनी भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो ।
देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ ।
भट्टराईले अहिलेसम्म संसदीय निर्वाचन लड्ने अवसर पाएका छैनन् ।
भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।