संसदमा कान्छी सांसदकाे पहिलाे संबाेधन, राखिन् नागरिकका दुई प्रश्न

काठमाडौं । प्रतिनिधिसभाकी कान्छी सांसद निशा डाँगीले नागरिकले सोधेका प्रश्नहरुमा आफू निरुत्तरित हुने गरेको भन्दै सभामुखसामू दुई प्रश्न राखेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाँगीले प्रतिनिधिसभा बैठकमा पहिलो पटक बोल्दै जनताले सासंदको हैसियतमा आफूलाई केही प्रश्न राखेपनि ती प्रश्नप्रति निरूत्तर हुने गरेको भन्दै सभामुखसामु प्रश्न गरेकी हुन् ।

उनले कति दिनभित्र प्रतिनिधिसभा नियमावली पास हुनेछ ? र संसदीय समितिहरू कहिले बनेर कुन दिनबाट सदन संविधानले परिकल्पना गरे अनुसार आफ्नो कामकारवाहीमा गतिशिल भएर अघि बढ्छ ? भन्ने प्रश्न गरेकी हुन् ।

उनले झापा जिल्लाका नागरिकले भोगरिहेको केही समस्याका बारेमा पनि सदनकाे ध्यानाकर्षण गराएकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१