• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पूर्णरुपमा सञ्चालनमा आयाे रसुवागढी नाका

काठमाडाैं । रसुवागढी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । यसअघि आंशिकरुपमा सञ्चालन भइरहेकाे सो नाका आजबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

नाका पूर्ण रूपमा खुलेपछि व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् ।

चिनियाँ राजदूत चेन सोङले बधाईसहित यसले द्वीपक्षीय सहयोगलाई अझै प्रगाढ बनाउने उल्लेख गरेका छन् ।

‘बधाई छ! जिलोङ (रसुवा) बन्दरगाहमा आजदेखि यात्रु ओसारपसार सुचारु भएको छ । रसुवा पुल पार गरेर चीन प्रवेश गरेका नेपाली साथीहरूको पहिलो समूहलाई स्वागत,’ उनले भनेका छन्, ‘यसले द्विपक्षीय सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

रसुवागढी–केरुङ नाकाबाट हुने व्यापारमा पनि चीनले लामो समय रोक लगाएको थियो । तीन वर्षयता ठप्प भएको उक्त नाका गत पुस १३ बाट सञ्चालनमा आएको थियो ।