• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गृहमन्त्रीलाई धवलशमशेरकाे जवाफ: यही संविधान अनुसार राजा ल्याउने प्रयासमा छाैँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले यही संविधानलाई प्रयोग गरेर राजा सहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उनले यही संसद र संविधान प्रयोग गरेर राजतन्त्र फर्काउने कोशिस गर्ने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि कोणबाट, कुनै पनि तर्क दिएर प्राप्त उपलब्धी, राजनीतिक व्यवस्थालाई कमजोर पार्ने र यसप्रति धावा बोल्न नदिन सरकार दृढ रहेको बताएका थिए ।

त्यसप्रति टिप्पणी गर्दै राप्रपा सांसद राणाले आफूहरुको एजेण्डा अनुसार नै अघि बढ्ने जवाफ दिएका हुन् ।

‘गृहमन्त्रीज्यूले भन्नुभयो– गणतान्त्रिक व्यवस्थालाई संरक्षण गर्ने उहाँको जिम्मेवारी हो त्यो स्वभाविकै हो’ राणाले भने, ‘तर हामी आफ्नो यो सदनलाई प्रयोग गरेर संविधानलाई प्रयोग गरेर राजासहितको प्रजातन्त्र ल्याउने प्रयास गरिरहने छौं ।’