संसदमा साेविताकाे प्रश्न : फुटबलका मुख्य प्रशिक्षकलाई नियुक्ति किन नदिएकाे ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई नियुक्ति किन नदिएकाे भनी प्रश्न गरेकी छन् ।

उनले एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग पनि गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी हुन् ।

उनले यो खेलप्रतिको उदासिनता भएकाे पनि बताइन् । उनले भनिन्, ‘हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उनलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’