काठमाडाैैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुने गरी समन्वय गर्नको लागि काठमाडौं महानगरलाई आग्रह गरेका छन् ।
सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध रहेको भन्दै कामको औचित्य पुष्टि हुने गरी र तथ्य रुप दिने गरि समन्वय गर्नको लागि काठमाडौं महानगरलाई आग्रह गरेका हुन् ।
काठमाडौं महानगरका प्रमुखका बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले बिना कारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे । उनले स्थानीय तहको कार्यक्षेत्रमा केन्द्र सरकारले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे ।
त्यस्तै, श्रेष्ठले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए । उनले मुलुकका उपलब्धीलाई उल्टाउन खोज्ने प्रयास भए सह्य नहुने जिकीर गरे ।
उनले नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने धारणा राखे ।