• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

दलाई लामाले बालकलाई चुम्बन गरेपछि सर्वत्र आलोचना, मागे माफी

काठमाडौं । तिब्बती धर्मगुरू दलाई लामाले एक बालकलाई चुम्बन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि चौतर्फी आलोचना भएकाे छ ।

सर्वत्र आलाेचना भएपछि दलाई लामाले सार्वजनिक माफी मागेका छन् ।

उक्त घटनाप्रति खेद व्यक्त गर्दै दलाई लामाद्वारा जारी वक्तव्यमा उल्लेख छ, ‘उक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।’

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका धर्मगुरू दलाई लामाले एक बालकलाई ओठमा चुम्बन गरेपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न लगाएको दृश्य केही दिनदेखि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उक्त भिडियोको चौतर्फी आलोचना भएपछि उनले सोमबार विज्ञप्ति जारी गरेर सार्वजनिक माफी मागेका हुन् ।