
काठमाडौं । अप्रिल २०२२ मा मस्कले ट्वीटरमा एक भोटिङ पोल तयार पार्दै ट्वीटरको नाम परिवर्तन गर्ने वा नगर्ने भन्ने कुरामा प्रयोगकर्तालाई भोटिङ गर्न अनुरोध गरेका थिए । जसमा ५६ प्रतिशत प्रयोगकर्ताले ट्वीटरको नाम परिवर्तन गर्ने कुरामा सहमति जनाएका थिए ।
त्यसको एक वर्षमा मस्कले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । उनले कम्पनीको नामबाट डब्लू’ अक्षर हटाएर कम्पनीको नयाँ नाम टिटर ९त्ष्ततभच० राखेको बताएका छन् ।
अमेरिकाको सानफ्रान्सिस्को स्थित ट्वीटरको मुख्य कार्यालयमा रहेको साइनबोर्डमा कम्पनीको नाम परिवर्तन भएको छ । ट्वीटर शब्दबाट डब्लूु अक्षर हटाएर कम्पनीको नाम टिटर राखेको मस्कको भनाइ छ ।
ट्वीटरको मुख्यालयमा भएको बोर्डमा डब्लूु मेटिएको देखेपछि सामाजिक सञ्जालमा धेरैले उक्त फोटो फोटोशप गरिएको आशंका गरेका थिए । सोमबार मस्कले एक ट्वीट गर्दै कम्पनीको नामबाट डब्लूु मेटाइएको पुस्टि गरेका हुन् ।
गत अक्टोबरमा ४४ अर्ब डलर तिर्दै मस्कले ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गरेका थिए । त्यसपछि विभिन्न परीक्षण गरिरहेका मस्कले केही दिनअघि अस्थायी रूपमा कम्पनीको लोगो नै परिवर्तन गरेका थिए ।
लोगो परिवर्तन गरेर डजक्वाइन राखेको चार दिनमै मस्कले पुरानो लोगो कायम गरेका थिए । त्यसको दुई दिनपछि मस्कले पुनः कम्पनीको नाम परिवर्तन गरेका छन् ।