
काठमाडौं । डा. शेखर कोइराला पक्षलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएका छन् ।
कोइराला पक्षले कम्तीमा तीन मन्त्री माग गरेका कारण यसअघि शपथग्रहण भएको थिएन । अब कांग्रेसले थप एक मन्त्रालय पाउने भएपछि शेखर पक्षले ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको हो ।
शेखर पक्षबाट उपसभापति धनराज गुरुङ, मोरङ १ का डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्यले मन्त्री बन्ने भएका छन् ।
राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्कीको नाम नेताहरूले लिएका छन् ।
देउवा पक्षबाट यसअघि ४ मन्त्री भइसकेका छन् । अब मोहन बस्नेत र एनपी साउद थपिने बताइएको छ । उपनिर्वाचनपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।