• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

वेबस्टार विश्वविद्यालय र ईनयुनि ग्लोवलको एन्युल एजेन्ट एप्रिसीयसन सेमिनार सम्पन्न

वेबस्टार युनिभर्सिटी संयुक्त राज्य अमेरिका मा स्थित एक प्रतिष्ठित निजी विश्वविद्यालय हो । जसको मुख्य क्याम्पस सेन्ट लुइस, मिसौरी मा छ । यो सन. १९१५ मा स्थापित भएको थियो र यसले व्यापार, कला र विज्ञान, शिक्षा, र थप सहित विभिन्न क्षेत्रहरूमा स्नातक र स्नातक कार्यक्रमहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ।

वेबस्टर युनिभर्सिटी यसको विश्वव्यापी परिप्रेक्ष्यका लागि परिचित छ, अमेरिका र विश्वभरका क्याम्पसहरू, र १०० भन्दा बढी देशहरूको प्रतिनिधित्व गर्ने विविध विद्यार्थी निकायहरू, सानो कक्षाको आकार र व्यक्तिगत ध्यानको प्रतिबद्धताको साथ, वेबस्टर विश्वविद्यालयले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र व्यक्तिगत लक्ष्यहरू पछ्याउनको लागि सहयोगी र समावेशी वातावरण प्रदान गर्दछ।

वेबस्टार विश्वविद्यालय र ईन यु नि ग्लोवलले यसै साता राजधानीको शंकर होटलमा एन्युल एजेन्ट एप्रिसीयसन सेमिनार सम्पन्न गरेको छ ।

सेमिनारमा InUni Global का यु यस पाट्नर्स रहेका जेम्स भेगसले उपस्थित सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूमा स्वागत मन्तव्य व्यक्त गर्दै वेबस्टर युनिभर्सिटीले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक सेवा र ईन यु नि ग्लोवलको एजेन्ट फोकस सर्भिसेजका बारेमा सम्बोधन गरेका थिए।

सेमिनारमा वेबस्टर युनिभर्सिटीका एसीस्टेन्ट भाइस प्रिसिडेन्ट ईन्टरनेस्नल ईनरोलमेन्ट, सम्राट राए चौधरीले वेबस्टर युनिभर्सिटी र नेपाली एजेन्टहरूले युनिभर्सिटी प्रती गरेको बिश्वासको सरानाह गर्दै धन्यवाद व्यक्त गर्नु भयो। साथै आउने दिनमा सबै शैक्षिक परामर्श व्यवसायीहरू संग हातेमालो गरेर आगाडी बढ्ने कुरामा जोड दिनु भयो। उक्त कार्यक्रममा इन्डिया कन्ट्रि मेनेजर दिप राज गहतराजले इन्डीया बाट वेबस्टर युनिभर्सिटी गयका विद्यार्थीहरु पनि सन्तुष्ट रहेको जानकारी प्रदान गर्नु भएको थियो।

सेमिनारमा वेबस्टर युनिभर्सिटीमा अध्ययन गरेकी पुर्व विद्यार्थी जस्वानी राना ले आफ्ना अनुभव सुनाएकी थिईन साथै सोही युनिभर्सिटीमा कार्यरत रहदाको अनुभव सुनाउदै खुशी समेत व्यक्त गरेकी थिईन। सेमिनारमा साऊथ ईस्ट एसिया र नेपालका म्यानेजर सुवास थापाले कार्यक्रमलाई सन्चालन गरेका थिए।