नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

काठमाडौं । काठमाडौं विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ ।

५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ :११ बजे अवतरण भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै ठुलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटले उडानलाई निरन्तरता दिएका थिए ।

काठमाडौंमै आकस्मिक उडानको तयारी गरिए पनि इन्जिनको समस्या समाधान भएको भन्दै पाइलटले उडानलाई निरन्तरता दिएका हुन् ।

विमानले धादिङको धर्केमाथिको आकाशमा केही बेर फन्को लगाएर गन्तव्यतर्फ प्रस्थान गरेको थियो ।

फ्लाई दुबईले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आफ्नो विमानमा चरा ठोक्किएको दाबी गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१