उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताए ।

‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ,’ महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले भन्दै नवीन अभियानमा नयाँ ढंगले जुट्ने बताए पनि बताए । महामन्त्री शर्माले उपचुनावमा विजयी भएकाहरूलाई बधाई तथा शुभकामना दिए ।

प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ रास्वपाकै स्वर्णिम वाग्ले तथा बारा २ जसपाका उपेन्द्र यादव विजयी भएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१