सांसद कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर विवाद भएपछि संसद बैठक आधा घण्टालाई स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेका अनुसार उनी लगातार २१ वटा बैठकमा अनुपस्थित छन् । अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ ।

सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका छन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१