एसीसी प्रिमियर कपकाे समिफाइनल : नेपालले गर्दैछ कुवेतकाे सामना

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले शनिबार सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुनेछ । नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।

आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ ।

ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ ।