नेपालले दियाे कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य, राेहितकाे उत्कृष्ट ब्याटिङ

काठमाडौं । रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर २८१ रनको योगफल तयार पार्‍यो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रनको इनिङ खेले । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके ।

रोहितले यसअघि, चौथो विकेटका लागि कुशल मल्लसँग १ सय ९ रनको साझेदारी गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१