• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चौसठ्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को अहिलेको खाँचो झैँ झल्किरहेको छ : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलको राज्य व्यवस्थाप्रति गुनासो गरेका छन् । उनले नेपालगञ्जको एक कार्यक्रममा सम्बोधनको क्रममा देशको राज्य व्यवस्था तथा राजनीति जनताको निम्ति नभई नेताद्धारा नेताको निम्ति र दलद्धारा दलको निम्ति भइरहेको बताएका छन् ।

विक्रम संवत २०१० देखि २०४० सम्ममा देशमा अनेकौ विकास भएको उनले बताएका छन् । पूर्वाधारको निर्माण, उद्योगहरुको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र दीर्घकालीन कार्य गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । तर त्यसयता भएगरेका संरचना भत्काउने, रुपान्तरणको नाममा विकार खडा गर्ने, परनिर्भरता तिर बेतोडले दौडने भएको उनको आरोप छ ।

उनले भने ‘ चौसठ्ठी वर्ष पूर्वको चेतनाको त्यो झिल्को कता कता अहिलेको खाँचो झै झल्किरहेको छ ।’ सबै जुटेर राष्ट्रको पुरानो गौरव फर्काउन उनले आग्रह गरेका छन् ।

पछिल्लो समय उनी नागरिक अभिनन्दनमा व्यस्त छन् । जनता पुराना दलदेखि रुष्ट भइरहँदा उनको रुझान बढेको छ ।

उनले भनेका छन् ‘दुई छाक खान र एक धरो लाउन हामीलाई धौ धौ छ । हाम्रा विकसित सहरहरु, गाउँहरु आज उजाड छन् । हाम्रो उद्योगधन्दा, कलकारखाना र उत्पादनकारी गतिविधी आज निस्प्रभावी बनेका छन । त्यसैले त हाम्रो होनाहार जनशक्ति विदेशिन बाध्य छ । त्यसै भएर नेपालगञ्ज जस्तो पुरानो उन्नत आर्थिक केन्द्रस्थलमा उभिएर हामी आजको कटु यर्थाथता देख्न, भोग्न र भन्न बाध्य छौं । ’

उनले यस्ता समस्या पार लाउन एकजुट भएर राष्ट्रको पुरानो गौरव फर्काउन आह्वान गरे ।