• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भुटानी शरणार्थी प्रकरण जघन्य अपराध हो, संलग्नहरु कानुनको दायरामा आउनुपर्छ : कांग्रेस प्रवक्ता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा प्रवक्ता महतले भने ‘यो जघन्य अपराध हो, यस्तो खाले क्रियाकलापको जति निन्दा गरेपनि अपर्याप्त हुन्छ।’

छानबिन गर्दै जाँदा आफूतिर पनि प्रश्न आयो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जसले गलत काम गरेको छ, कानुनी कठघरामा आउनुपर्छ । यो उ भन्ने छैन ।’