काठमाडौं । कञ्चनपुरमा एक पुरूष मृत फेला परेका छन् ।
पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा घरभन्दा ४ सय मिटर टाढा सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उनको मृत्युबारे अनुसन्धान भैरहेकाे छ ।