प्रबुद्ध युवा समूहकाे आयाेजनामा विद्यालय फुटसल प्रतियोगिता

बागलुङ । प्रबुद्ध युवा समूहकाे आयाेजनामा बागलुङमा विद्यालय फुटसल प्रतियोगिता सुरु गरिएकाे छ ।

‘भाेलिकाे द्वन्द्व राेक्नु भनेकाे आजकाे युवाकाे मानसिकता परिवर्तन गर्नु हाे’ भन्ने मूल नाराका साथ याे समूहले प्रतियाेगिताकाे आयाेजना गरेकाे हाे । प्रतियाेगिता अन्तर्गत आज उद्घाटन खेल भएकाे छ ।

रोहित सुनारको सभापतित्व, नेवि संघ बाग्लुङ्गका अध्यक्ष विशेष पराजुलीको प्रमुख आतिथ्यता तथा गुराँस विद्यासदनका प्रधान्ध्यापक निशान खड्काको विशिष्ट आथित्यतामा उद्घाटन सत्र सम्पन्न भएकाे हाे ।

आज भएकाे उद्घाटन खेलमा आदर्श विद्यामन्दिर र फ्युचर ब्राइटर ब्लूबीच खेल सम्पन्न भएको छ । खेलमा फ्युचर ब्राइटर ब्लूले ३-१ को जित निकाल्न सफल भएको छ ।

प्रतियोगितामा कुल १८ विधालय सहभागी रहेका छन् । प्रतियोगिताको फाइनल खेल भोलि २८ गते दिउँसो २ बजे देखि हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१